Wednesday 24th of July 2024

इङ्ल्याडसँगकाे एकदिवसीय सिरिज भारतलाई

0 Shares

काठमाण्डाै – इङ्ल्याण्डसँगकाे तीन खेलको एक दिवसीय सिरिज भारतले जितेको छ ।

घरेलु मैदान पुनेमा भएको खेलमा भारतले इङ्ल्याण्डलाई ७ रनले पराजित गर्दै सिरिज जितेको हो।

भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।

यसअघि भारतले निर्धारित ओभरको १० बल बाँकी छँदै सबै विकेट गुमाएर ३२९ रन बनाएको थियो । भारतका लागि ऋषभ पन्त, हार्दिक पाण्डेय र शिखर धवनले अर्धशतकीय पारी खेलेका थिए । इङ्ल्याण्डले यसअघि भएको टेस्ट र ट्वान्टी-ट्वान्टी सिरिज पनि हारेको थियो ।

प्रतिक्रिया