
जनकपुर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ बस्ने श्याम रविदासको १८ वर्षीया छोरी रंजिता कुमारीलाई अपहरण गरिएकाे छ ।
अपहरणमा परेकी रंजिताको काका राम एकवाल महराको अनुसार स्थानीय २५ वर्षीय मोहम्मद कलम हुसैन राइनले अपहरण गरेको आरोप लगाएका छन् । उनले अपहरण विरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिएका छन् ।
महराले कमल हुसैन आफू विवाहित भएको पनि बालिकालाई बारम्बार प्रेम प्रस्ताव गर्दै आइरहेको थियो । तर बालिकाले उसको प्रस्ताव अस्वीकार गर्दै आएको रहेको थियो ।
प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा कलम हुसैनले नै अपहरण गरेको हुन् सक्ने हाल उनी गायब रहनुले बुझिन्छ, पीडित परिवारको भनाई छ । बालिका चैत्र ९ गते सोमबार देखि बेपत्ता रहेको पिडित परिवारले जनाएको छ ।
बिहीबार राति आरोपी हुसैनका भाई सहितको समूहले पीडित परिवारका सदस्य उपर हातपात समेत गरेको थियो ।
पीडित परिवार दलित गरिब एवं कमजोर भएकै कारण बारम्बार उनीहरु माथि राजनीतिक संरक्षणको आडमा आरोपी हुसैन राईनका परिवारले आक्रमण गर्दै आएको छ ।
यथाशीघ्र बालिकालाई खोजतलाश गरी घटनामा संलग्न अपराधीलाई कडा भन्दा कडा कारवाही गर्न प्रशासन समक्ष पीडित परिवारले उजुरी दर्ता गर्दै अनुरोध गरेको छ ।
प्रतिक्रिया