भारतबाट नेपाल आउनेलाई १० दिन आइसोलेसन अनिवार्य

काठमाडौं–  सरकारले भारतबाट नेपालतर्फ प्रवेश गर्नेलाई १० दिन आइसोलेसन अनिवार्य गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै आइसोलेसनमा राख्‍न सीमावर्ती जिल्लालाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले सबै प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वस्थ्य कार्यालयहरूको समन्वयमा कोभिडको लक्षण वा चिह्न भएकालाई अस्पतालमा पठाउन भनेको छ । लक्षण नै नभए पनि अनिवार्य १० दिन आइसोलेसनमा राख्‍न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार