Tuesday 28th of May 2024

महोत्तरी ः रातु खोलामा अबैध उत्खनन गर्ने चारवटा टिपर प्रहरीको नियन्त्रणमा

0 Shares

बर्दिबास – रातु खोलामा अबैध उत्खनन गर्ने चारवटा टिपर प्रहरीको नियन्त्रणमा अवैध रुपमा गिट्टीबालुवा उत्खनन गर्ने ४ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

बिहिवार विहान महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगर स्थितमा रातु खोलाबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन तथा ओसार प्रसार भईरहेको सूचना पश्चात प्रहरीले खोलाबाट चारवटा टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रहरीले ना ८ ख २०४६ , ना ८ ख ११३८ , प्रदेश २–०३–००१ क ०३४८ र प्रदेश २–०३–००१ ख १८९९ नम्बरको टिपर नियन्त्रणमा लिएर थप कारवाहीका लागि जिल्ला समन्वय समिती जलेश्वरमा पठाउने तयारी भइरहेको जिल्ला पहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया