Thursday 30th of May 2024

शहीदनगर नगरपालिकाका मेयरले बुझाए सरकारी गाडी

0 Shares

जनकपुरधामः धनुषाको सहिदनगर नगरपालिका नगर प्रमुख उदय कुमार बरबरिया यादवले सरकारी गाडी बुझाएका छन।

विहिबार दिउँसो नगरपालिकाका कार्यालय प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोलाई साँचो बुझाएका हुन् ।

आउँदो बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन आचारसंहिता पालना गर्दै उनले गाडी बुझाएको बताएका छन् ।

आफूले चढदै आएको गाडी निर्वाचनको मर्मलाई दृष्टिगत गरी साँचो बुझाएको मेयर बरबरियाले बताए ।

प्रदेश २–०२–००१ झ ०००१ नम्बरको सरकारी गाडी मेयर बरबरियाले प्रशासकीय अधिकृत महतोलाई बुझाएका हुन् ।

निर्वाचनको क्रमम चुनावी प्रचार प्रसारमा सरकारी सवारी दुरुपयोग नगर्न निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि उनले केहीदिन पछि सवारी विधिवत रुपमा बुझाएका छन् ।

जनप्रतिनीधिको रुपमा जनसरोकार र नगपालिकाको कामकाजको लागि चढदै आएको सरकारी गाडी उनले विहिबार दिउसो अधिकृत महतोलाई बुझाएका छन् ।

यसअघि उनले कोभिड महामारीको बेला आफूले चढदै आएको स्कोरपियो सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका थिए ।

मेयर बरबरियाले नगरपालिकाका जिन्सी शाखा प्रमुख सुदिप भट्टराई, लेखापाल लोक बहादुर नेपालीसहित नगरपालिकाका अन्य कर्मचारीहरुको रोहबरमा गाडी बुझाइदिएका छन् ।

प्रतिक्रिया