Tuesday 21st of January 2025

पेस्तोलको गोलीसहित नक्कली सुन बरामद

0 Shares

काठमाडौँ ःचार राउन्ड गोली र नक्कली सुनसहित प्रहरीले विभिन्न सामान बरामद गरेको छ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित नरेफाँटमा सुनमाया श्रेष्ठको घरमा डेरा गरी बस्ने प्रमिला तामाङको डेरा कोठा खाली गर्दा सो सामान फेला परेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले बताए।

उनका अनुसार पेस्तोलमा प्रयोग हुने नाइन एमएम लेखिएको ४ थान गोली, नक्कली सुन, नेपाली सेनाको जर्सी, सेनाको कम्ब्याट पोसाक नसिलाएकोलगायत सामान फेला परेको हो।

काठमाडौँ महानगरपालिकाको प्रतिनिधिसमेतको प्रहरी टोलीले ढोका खोली कोठाभित्र चेक गरेको थियो। यद्यपि, उक्त सामान कसको हो र कुन प्रयोजनको लागि ल्याइएको हो भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

बरामद गोली, पहेंलो धातु, कम्ब्याट ड्रेसलगायत कागजात सम्बन्धमा भने प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया