Tuesday 28th of May 2024

जनकपुरमा हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा युवकको शव फेला

0 Shares

जनकपुरधाम : जनकपुरधाममा हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा बुधबार एक युवकको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं। २१ कुर्थास्थित रामनारायण महासेठको पोखरीमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।
युवकको हात र खुट्टा कपडाले बाँधिएको छ भने मुखमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।
पानीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न सकेको छैन ।
युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया