
महोत्तरीको बर्दिबासमा स्थानिय पत्रकारहरुका लागि जलवायु परिवर्तन सम्बन्धी जानकारि मुलक प्रशिक्षण आजदेखि शुरु भएको छ ।
महोत्तरीको स्थानीय पत्रकारहरुका लागि आयोजित जलवायु परिवर्तन प्रभाव न्यूनिकरणका लागि स्थानिय पहल ९लिरिक० को आयोजनामा तिनदिने कार्यक्रमका प्रशिक्षकहरुले वातावरणिय प्रभावहरुका विभिध पक्षकाबारेमा संचारकर्मिहरुको ध्यानआकर्षण गराएको थियो ।
कार्यक्रममा नेपाल वाताबरण पत्रकार समुहका महासचिव निमेश रेग्मीले वर्तमान अवस्थामा वातावरनिय प्रभाव र यसले परेको प्रभावका बारेमा संचारकर्मिहरुलाई बिस्तृत रुपमा जानकारि गराएको थियो ।
तिनदिन सम्म संचलन हुने सो कार्यक्रममा वातावरणिय सम्बन्धी विविध पक्षका बारेमा आयोजक संस्थाका विराट पन्थले बिभिन्न वातावरणिय शिर्षकमा जानकारि गराएको थियो ।
रेडियो नेपालका सम्पादक डि आर पन्थिले वातावरणमा फैलिएका सुक्षमकणहरुका बारेमा जिज्ञासा राख्दा महासचिव रेग्मीले हाम्रो देशका बिभिन्न क्षेत्रमा यसले पारेको प्रभाव र न्य’निकरणका उपायका बारेमा जानकारि गराएको थियो ।
यहि बैशाष १० गत्ते सम्म सञ्चालन हुने सो कार्यक्रममा महोत्तरी र धनुषा जिल्लाका २० जना भन्दा बढि संचारकर्मिहरुको सहभागिता थियो ।
प्रतिक्रिया