आज एमालेले घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ ः नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्दैछ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागेको हो।आज पार्टीको ७४ औँ स्थापना दिवस पनि हो।

सोही अवसरमा एमालेले घोषणापत्र सार्वजनिक गर्ने भएको हो।

आज नै पार्टीको केन्द्रीय कार्यालय पनि सारिँदै छ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ७३ औं स्थापना दिवसको अवसरमा नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासल दिउँसो १ बजे कार्यक्रम राखिएको बताए।

यसैगरी आज, विभिन्न कम्युनिस्ट नेताहरूलाई सम्मान गर्ने तथा ‍विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टीमा पनि प्रवेश गराइने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार