Monday 24th of June 2024

टेन्ट खोल्ने क्रममा करेन्ट लागेर एकको ज्यान गयो

0 Shares

गौशाला, सप्तरीमा बिहीबार एक जनाको करेन्ट लागेर ज्यान गएको छ। विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको हो ।

राजविराज नगरपालिका–१४ पर्साही घर भइ हाल छिन्नमस्ता ६ खुदिबखारीमा अस्थायी रुपमा बसोबास गर्दै आएका इनरदेव मण्डलका १९ वर्षीय छोरा शत्रुधन मण्डललाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमै ज्यान गएको हो ।

छिन्नमस्ता गाउँपालिका ३ सखडा स्थित सुरेन्द्र मण्डलको छोरीको बिहेमा लगाइएको टेन्ट खोल्ने क्रममा करेन्ट लागेको थियो । गाउँकै जिबछ साहको टेन्टमा लेबरको काम गर्दै आएको मण्डल करेन्ट लागेर सिकिस्त भएपछि उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको आफन्तले जनाए ।

मृत्यु पश्चात् छिन्नमस्ता अस्पतालबाट पोस्टमार्टमको लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल लगेको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले बताए । रातोपाटी

 

प्रतिक्रिया