Friday 4th of October 2024

टुडेपाटी समाचार प्रभाव: मेयर लालकिशोरले तिरे १० वर्षको बाक्यौंता खानेपानीको महसुल

0 Shares

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले १० वर्षबढी समयदेखिको खानेपानीको बाँकी बक्यौता महसुल तिरेका छन् ।
गत चैत मसान्तसम्म को बाँकीबक्यौता महसुल मेयर साहले शुक्रबार बिहानै तिरेको कार्यालयले जनाएको छ ।

मेयर साहले गत चैत महिनासम्मको १ लाख ४६ हजार रुपैयाँ महसुल शुक्रबार नेपाल खाने पानी संस्थानको कार्यालय जनकपुरमा तिरेको जनाएको छ ।

टुडेपाटीका सम्पादक समेत रहेका पत्रकार शैलेन्द्र क्रान्तिले सूचनाको हक प्रयोग गरी खानेपानी संस्थान कार्यालयबाट सूचना मागरेका थिए । संस्थानले उपलब्ध गराएको विवरणमा मेयर साहले १० वर्ष भन्दा बढी समयदेखि खानेपानीको महसुल नतिरेको पाइएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका ८ रामानन्दचोक भन्दा पूर्व रहेको मेयर साहको घरमा उनकै नाममा खानेपानीको धारा जडान छ ।

खानेपानी संस्थान कार्यालयले पटक पटक महसुल तिर्न ताकेता गर्दा पनि पदको आडमा मेयर साहले वास्ता गरेका थिएनन् । उल्टै कर्मचारीलाई महसुल छुट गर्नु पर्ने भनेर दबाब दिँदै आएका थिए ।

डरको कारण संस्थानका कर्मचारीले पनि उनको धाराको लाइन समेत हिम्मत गरेका थिएनन् । तर टुडेपाटीले बिहीबार समाचार ब्रेक गरेपछि उनले शुक्रबार नै महसुल तिरेका हुन् ।

प्रतिक्रिया