धनुषाः कांग्रेसको नगरसभापति सहित अढाई सय भन्दा बढीले दिए सामूहिक राजीनामा

नेपाली कांग्रेसका जनकपुरधाम नगरसभापति सहित अढाई सय भन्दा बढीले सामूहिक राजीनामा दिएका छन् ।

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै साहले साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

सत्तागठबन्धन दलले महानगर तथा उपमहानगरको बाँडफाँड गर्दा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टीको भागमा परेपछि त्यस प्रति असन्तृष्टि जनाउँदै नगरसभापति, सचिव, कोषाध्यक्ष, वडासभापति सहित सयौँ कार्यकर्ताहरुले कांग्रेस परित्याग गरेका हुन् ।

नगरसभापति साह सँगै सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं। १५ का सभापति नन्दलाल साहले राजीनामा दिएका हुन् ।

यस्तै मनोज साहले आफ्नो वडामा रहेका डेढ सय क्रियाशिल सदस्य, भातृसंगठनहरुबाट गरि अढाई सय भन्दा बढीले राजीनामा लेखिसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार