Friday 20th of September 2024

एमाले घोषणा पत्र : कठिन बस्तीहरुमा केबुलकार विस्तार गर्ने

0 Shares

काठमाडौं ः नेकपा एमालेले मोटरबाटो पुग्न कठीन बस्तीहरुमा केबुलकार चलाउने प्रस्ताव अघि सारेको छ। पार्टी स्थापना दिवसको अवसरमा चुनावी घोषणा पत्र जारी गर्दै एमालेले मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने उल्लेख गरेको छ।

त्यस्तै प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने र प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत् पालिका केन्द्रसँग जोड्ने र हरेक बस्तीहरुलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने अवधारणा एमालेले लिएको छ।

त्यस्तै सडक निर्माण गर्दा यसको दीगोपन, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरी मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्ने र जथाभाबी डोजर प्रयोगलाई निरुत्साहित गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ। त्यस्तै ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्ने र यातायात सुविधान पुगेका पालिकाहरु अटो भिलेजको विकास गर्ने घोषणा पत्रमा उल्लेख छ।

त्यस्तै विद्युतीय सवारी साधन लगायत पर्यावरणमैत्री यातायात सञ्चालनलाई प्रोत्साहन गर्ने र यससम्बन्धी आवश्यक पूर्वाधार विकास गर्ने अवधारणा एमालेले लिएको छ।

प्रतिक्रिया