
कलैया उपमहानगरपालिकाका मेयरलगाएत १३६ जना जनप्रतिनिधिले चुनावमा सहभागि हुनका लागि पदमुक्त भएका छन् ।
वैशाख ३० गते हुने लागेको स्थानीय तहको निर्वाचनमा पूनस् उम्मेदवारी दर्ता गराउनका लागि उनीहरुले पहिलाको पदबाट राजीनामा दिएका छन् ।
कलैयाका मेयर राजेश राय यादवले १३५ जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिएका हुन् ।
कलैयाको कार्यपालिका १३९ सदस्यीय रहेकोमा कार्यपालिकाका ३ जना सदस्यले मात्र राजीनामा दिएका छैनन् ।
प्रतिक्रिया