Thursday 30th of May 2024

बाढीको कारण दक्षिण अफ्रिकामा ४३५ जनाको मृत्यु

0 Shares

एजेन्सी । दक्षिण अफ्रिकाको क्वाजुलु(नाताल बाढीमा परेर ज्यान गुमाउनेको संख्या ४४८ पुगेको छ ।

मृतकको संख्या ४ सय ४८ सार्वजानिक भएपनि प्रहरी मन्त्री भेकी सेलेले बिहीबार बाढीको विषयमा भन्दैँ ज्यान गुमाउनेको संख्या ४ सय ३५ रहेको जनाइएको छ ।

मृतकको शवको पोस्टमार्टमको नतिजा सार्वजनिक गर्दै उनले गोलीका चोटहरू फेला परेका कारण मृत्युहरू हत्यासँग सम्बन्धित भएको पुष्टि भएको पनि बताएका छन् । विपद्सँग सम्बन्धित नभएको प्राकृतिक कारणले धेरै मानिसको मृत्यु भएको निश्चित थियो । आज बिहानसम्म मृत्यु हुनेको संख्या ४३५ रहेको छ,’ सेलेले भने ।

यस्तै, सेलेले आपत्कालीन राहत, शान्ति सुरक्षा र अवसरवादी अपराध रोक्न ३ हजार प्रहरी अधिकारी र ९ सय क्वाजुलु–नाताल प्रान्त मेट्रो प्रहरी खटाएको जनाए । एजेन्सी

प्रतिक्रिया