Monday 9th of December 2024

सोनमा गाउँपालिकामा अधुरो योजना र काम पुरा गर्न पुनः राज कुमार नै चाहिने

0 Shares

स्थानीय तह निर्वाचनको माहोल यहिले सबैतिर तातिँदै गइरहेको छ । आफनो कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरु बाहिरिने र अर्को जनमत लिएर नयाँ जनप्रतिनिधिहरु तथा पालिका प्रमुखहरु आउने तयारीमा जोडतोडले लागिपरेका छन। चुनावी माहोल नजिकिदै गर्दा सोनमा गाउँपालिकाको राजनितिमा चुनावी सरगर्मी बढेको छ । ५ वर्षे कार्यकालमा गाउँपालिकाभित्र शिक्षा, स्वास्थ्य, खानेपानी , कृषि, यातायात, भौतिक सेवा सुविधा लगायतमा परिवर्तनको फड्को मारेको छ । गाउँपालिका परिर्वतनको सन्तुष्टिले गाउँपालिका अध्यक्ष राज कुमार यादवलाई एक कार्यकाल दोहोराउने पक्षमा सोनमा गाउँपालिकावासी लागेका छन ।उम्मेदवारका आकांक्षीहरु सलवलाउन थालेका छन् । गाउँपालिकाभित्र हुने विभिन्न पदकोलागि दर्जनौं नेताहरु नेतृत्वको होडमा छन् । गत स्थानिय तहको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट उम्मेद्वार वनेर निर्वाचन जितेका यादव अहिले जनता समाजवादी पार्टी नेपालबाट चुनाबी मैदानमा उत्रेका छन । जनता समाजवादी पार्टी नेपालले उनको नाम अध्यक्ष पदको लागि जिल्लामा सिफारिस गरेको छ ।
मृदुलभाषी , सरल एवं सानो बच्चा समेत आफ्नो कुरा राख्न सक्ने व्यवहारले गर्दा लोकप्रियता बढेकोले पनि यादवलाई गाउँपालिकावासिले फेरी दोहोराउने चाहना गरेका छन । उहाको कार्याकालमा जनताले विश्वास जितेका यादवलाई अझै एकपटक गाउँपालिका प्रमुखको अवसर दिनु पर्ने सोनमा गाउँपालिकाकामा रहेका जनताहरुले बताए ।
विकाश र परिवर्तनले पछि परेको सोनमा गाउँपालिकामा यादवले धेरै परिवर्तन गरे केहि अधुरा र अपुरा कार्य छन तिनै कार्य पुरा गर्न भए पनि एक पटक राज कुमार यादव गाउँपालिका प्रमुखमा दोहोरीनु पर्ने बताए ।
सोनमा गाउँपालिकामा राज कुमार यादव प्रमुखमा पुन दोहोरिन् पर्ने मुख्य कारण बाँकी रहेका काम पुरा गर्न र जनतामा उनीप्रति छरिएको भ्रम चिर्न सर्वसाधारणले यादवलाई एक पटक फेरि अवसर दिनैपर्ने बताए । विकासमा एतिहासिक काम भए, अर्को कार्याकाल पाए गाउँपालिकालार्ई देशकै उत्कृष्ट पालिका बनाउने योजनासहित लाग्ने बताए । गाउँपालिका प्रमुख यादव भन्छन्( जिम्मेवार पदमा बसेपछि केही गुनासाहरु आउंछन नै तर काम गर्न अफ्ट्याराहरु बढी नै आएपनि मैले स्टैण्ड लिएर जनचासोका कार्य गर्दै आएकाले दोहिरिनुमा दुईमत छैन ।
प्रत्येक दिन जनताको बीचमा चौबिसै घण्टा जनसेवामा समर्पित जनप्रतिनिधि र चुनावमा मात्र देखा पर्ने टुरिष्ट नेतालाई सबैले बुझिसके छन ।

प्रतिक्रिया