Tuesday 28th of May 2024

महोत्तरीमा आगलागी एक बाख्रा सहति घर जलेर ध्वस्त

0 Shares

महोत्तरी जल्लिाको एकडारा गाँउपालीका वडा नं ३ भटौलियामा शुक्रवार बीहान करीब ३ बजे गोठमा आगलागी हुँदा एक वटा बाख्रा सहित ६५ हजारको धनमाल जलेर ध्वस्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका आनुसार शुक्रवार बिहान करीब ३ बजे एकडारा गाउँपालीका वडानं। ३ भटौलिया बस्ने हरीशंकर रामको फुसको गोठ घरमा मच्छर धपाउनका लागी बालएिको घुर बाट अचानक आगो सल्की आगलागी हुँदा गोठमा बाँधीएको एक वटा बाख्राको जलेर मृत्यु भएको छ भने एक वटा गाई र गाईको बच्चा आगोमा पोलेर घाईते भएको जनाईएको छ ।
आगलागीमा रामको फुसको गोठघर पूणर्रुपमा जलेर नष्ट भएको छ । आगलगीमा एकवटा बाख्रा सहीत बिभिन्न समानहरु लगायत अन्दाजी ६५ हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जनाईएको छ ।
आगलागीका खवर प्राप्त हुना साथ तत्काल स्थानिय प्रहरीको टोली सहति स्थानयि व्यक्तहिरुको सहयोगमा उक्त आगो नीयन्त्रणमा लीईएको थीयो ।
उद्यपी उक्त आगलागीको घटनामा कुनै कसिमिको मानवीय क्षती नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया