सप्तरीमा दुई मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु

सप्तरी : हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् ।

गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार