महोत्तरी । महोत्तरी प्रहरी अहिले लाईसेन्सधारी हथियारहरु जफत गर्न ईजाजत लिएकाहरुको घरमै पुग्न थालेको छ ।
जिल्ला प्रसासन कार्यालयले निर्वाचन अवधीभर हथियार प्रहरीमा बुझाउनु पर्ने निर्देशन सहित सुचना जारी गरेपनि हालसम्म सवै लाईसेन्सधारीहरुले हथियार नबुझाएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा प्रहरी लाईसेन्सधारीहरुको घरमै पुगेर हथियार जफत गर्न थालेको हो ।
वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचन प्रयोजनको लागि हथियार प्रहरीमा जम्मा गर्नु पर्ने सुचनाको वेवास्ता गर्दै लाईसेन्सधारीहरुले हथियार नबुझाएपछि प्रहरी घर मै गएर हथियार जफत गर्न थालेको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले वताए ।
उनले चुनाव नजिकिदै गर्दा हथियार जम्मा गराउन सुचना जारी गरिएपनि हालसम्म थोरैमात्र हथियार जम्मा भएकोले घर मै पुगेर प्रहरीले हथियार जफत गरिरहेको बताए ।
उनले निर्देशनको उल्लंघन भए कानुन बमोजिम हुने समेत बताए ।
महोत्तरीमा चारसयको हाराहारीमा हथियारको लाईसेन्स दिईएकोमा जिल्ला प्रसासन कार्यालयबाट सुचना निकालिएपछि एक दर्जन भन्दा पनि कमले हालसम्म हथियार बुझाएका छन ।