गौशाला १२ को वडा अध्यक्षमा ललित सिंहको स्वतन्त्र उम्मेदवारी

सुनिता महतो

गौशाला अगामी वैशाख ३० गते हुने स्थानियतहको निर्वाचनमा वडाको चौतर्फी विकासको निम्ति गौशाला नगरपालिका वडा नं. १२ का ललित कुमार सिंहले स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिवार गौशाला १२ कान्तिवजारमा आयोजित माओबादी पार्टीका असन्तुष्ट कार्यकर्ताहरुको भेलाले सिंहलाई स्वतन्त्र उम्मेदवारीको रुपमा अगाडि बर्ढापछि सिंहले उम्मेदवारीको घोषणा गरेका हुन ।

No description available.

“दल होइन् व्यक्ति खोजौ, पार्टी होइन् स्वतन्त्र रोजौ” नाराका साथ आफुले स्वतन्त्र रुपमा उम्मेदवारीको घोषणा गरेका सिंहले रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा बताएका छन् । उनले भने, ‘राजनीतिमा एकै व्यक्ति, एउटै परिवारको सिण्डिकेटका कारण नयाँ अनुहार अवसरबाट बञ्चित हुने भएको कारण स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको छु । नेपाली काग्रेस, माओवादी केन्द्र र अन्य दलका कार्याकर्ताले आफुलाई साझा उम्मेदवारको रुपमा समर्थन गरेको छ ।’

No description available.

वडा अध्यक्षमा जननिर्वाचित भएपछि आफुले स्वास्थ्य, शिक्षा, सडक, सिचाइ, सुशासन, स्वरोजगारको अवसर, समाजिक सुरक्षा भता सहज रुपमा उपलब्ध गराउन आंगन आंगनमा वडाको सेवाको आवधारणा लागु गर्ने सिंहले बताए ।  समान्य विरामी हुँदा समेत उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटाउन लागि वडामा इर्मेजेन्सी सेवा, वडाका ३ वटै विद्यालयमा अवासिय र अंग्रेजी माध्यमबाट पढाइ गराउने उनले घोषणा गरेका हुन् ।

माओवादीको अधारशिला मानिएको कान्तिबार आसपासका कार्यकर्ताहरुले नेतृत्व प्रति असन्तुष्टि जनाएर पार्टीबाट बिद्रोह गरेका छन । नेतृत्वको क्रियाकलापबाट असन्तुष्ट कार्यकर्ताहरुको समर्थनमा सिंहले उम्मेदवारी घोषणा गरेको हो । सिंहलाई माओवादी केन्द्रका नगर कमिटि सदस्य र वडा कमिटि सदस्यहरुले समेत आफुलाई समर्थन गरेको सिंहले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार