Monday 24th of June 2024

विवाहमा गएका एक किशोरको कुटपिटबाट मृत्यु

0 Shares

विवाहमा गएका एक किशोरलाई शुक्रबार राति इटहरीमा कुटपिट गर्दा मृत्यु भएको छ। इटहरी वडा नं। ६ मा बेहुली पक्षको विवाहमा गएका भारत बिहार शिवगढका आशिषकुमार पटेलको कुटपिटबाट मृत्यु भएको हो।

विवाह भएको स्थान नजिकै स्थानीय तीन जना युवाहरूसँग विवाद भएर कुटपिट हुँदा पटेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनायो। मापदक पदार्थ सेवन गरेका युवाको समूहसँग विवाद हुँदा कुटपिटबाट सिकिस्त भएका पटेललाई उपचारका लागि विराट नसिंह होममा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक भिम खड्काले बताए।

प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा तीनै जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी वडा नं। ६ कै विमोचन बिष्ट, करन साह र विष्णु साह छन्। पक्राउ पर्ने २० वर्षदेखि २२ वर्ष उमेर समूहका छन्। प्रहरी निरीक्षक खड्का अनुसार पक्राउ परेकाको अनुसन्धान भइरहेको छ। कुटपिटबाट मृत्यु भएका पटेल इटहरी वडा नं। २ मा उखु पेलेर जिविकोपार्जन गर्दै आएका थिए।

प्रतिक्रिया