0
Shares
आँधीहुरी, पानीसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिका ११ मा एक युवकको चटयाङ लागेर मृत्यु भएको हो।
मृत्यु हुनेमा २५ वर्षीय प्रदीप चौधरी रहेका छन्।
शुक्रबार साँझ घरबाट बजारतर्फ जाँदै गर्दा चट्याङ परेको थियो। चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको उपचारको लागि बाराको निजगढस्थित अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा शुक्रबार राति नै चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाँका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र धमलाले जानकारी गराएका छन्।
शुक्रबार साँझ आएको हावाहुरीले गहुँमा सामान्य क्षति पुर्याएको छ। गहुँबाली भित्र्याउन नसकेका किसानलाई हावाहुरी र पानीले उत्तर–पश्चिमी रौतहटमा क्षति पुर्याएको छ।रासस