Friday 20th of September 2024

कान्तिबजारका व्यवसायि सिँहले वडा अध्यक्ष पदमा स्वतन्त्र मनोयन दर्ता गराए ।।

0 Shares

 

महोतरीको गौशाला नगरपालिकामा पर्ने कान्तिबजारका पेट्रेलियम व्यवसायि ललित कुमार सिँहले वडा अध्यक्ष पदमा स्वतन्त्र मनोयन दर्ता गराएका छन् । गौशाला नगरपालिका वडा नं. १२ को वडा अध्यक्ष पदमा व्यवसायिक सिंहले स्वतन्त्र उमेदवारी दर्ता गराएको हो ।

 

समर्थकहरुको मोटरसाईकल –याली सहित गौशाला पुगेका व्यवसायि सिंहले  वडा अध्यक्ष पदमा  स्वतन्त्र उमेदवारी दर्ता गराएको हो । स्वतन्त्र उम्मेदवार सिंहको क्रम संख्या ०१ रहेको छ । गौशाला नगरपालिकाको वडा नं. १२ मा माओवादी केन्द्रका नेतृत्व प्रति असन्तुष्टि जनाउँदै नेता कार्यकर्ताले बिद्रोह गर्दे सिंहलाई स्वतन्त्र उमेदवारी बनाएको हो । उम्मेदवारी दर्ता गर्न कान्तिबजारबाट सुरु भएको मोटर साईकल –यालीमा माओवादीका वडा र नगर कमिटी सदस्य लगाायत कांग्रेस र मधेशबादी दलका नेता तथा कार्यकर्ताहरु समेत सहभागी थिए । नेकपा माओवादी केन्द्रमा आबद्ध रहेको व्यवसायि ंिसहलाई पाटीले टिकट नदिएपछि माओवादी केन्द्रबाट विद्रोह गरी शनिवार उम्मेदबारी घोषणा गरेका थिए ।

मओवादी आधारशिला मानिएको कान्तिबजार आसपासका कार्यकर्ताहरुले नेतृत्वप्रति असन्तुष्टि जनाएर पाटीबाट विद्रोह गरेका छन् । सिंहलाई माओवादी केन्द्रका नगर कमिटी सदस्य र वडा कमिटीका सदस्यहरुले समर्थन गरेको छ ।

 

प्रतिक्रिया