
महोत्तरीमा पहिलो दिन ३८ जनाले स्थानियतहको निर्वाचनको लागि मनोनयन दर्ता गराएका छन् । आईतबार पहिलो दिन जिल्लाभरिमा गरि ३८ जनाले मनोनयन दर्ता गराएका हुन ।
१५ वटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृत कार्यालयमा पुगि स्थानिय राजनितीक दलका कार्यकर्ताहरुले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुवोध महतोले बताए । उनले भने, ‘अहिले हरेक पालिकाबाट संकलन हुने क्रम जारी रहेको छ । जसको कारण पदीय संख्या छुटयाउन नसक्ने अवस्था रहेको छ ।
गौशालामा जसपा र लोसपाले दिए उम्मेदवारी ।।
गौशाला नगरपालिकाको लागि १ मेयर र २ जना उपमेयर पदको लागि मनोनयन दर्ता गरिएको हो । मेयर पदका लागि जनता समाजवादी पार्टीको तर्फबाट डा दिपेन्द्र महतोले उम्मेदवारी दिएका छन । त्यस्तै उपमेयर पदका लागि जनता समाजवादी पार्टीको तर्फबाट रेणु महतो, वहुजन समाजवादी पार्टीको तर्फबाट फुलकुमारी सदाले मनोनयन दर्ता गराएकी हुन ।
त्यस्तै जनता समाजवादी पार्टीको तर्फबाट १२ वटै वडाका लागि वडाअध्यक्ष, वडासद्रस्यहरुले उम्मेदवारी दर्ता गराएको पार्टीको नगर अध्यक्ष कुमरकान्त झाले जानकारी दिए । यता स्वतन्त्रको तर्फबाट गौशाला नगरपालिका वडा नं. ४ का वडाअध्यक्षमा अजयकुमार दास र वडा नं. १२ का लागि ललित कुमार सिंह मनोनयन दर्ता गराएका हुन । यता वहुजन पार्टीको वडा नं. ७ का लागि भुप नारायण चौधरीको उम्मेदवारी दर्ता गराएका हुन ।
पहिलो दिन मुख्य दलको आकर्षण भएन
स्थानियतहको निर्वाचनको लागि मनोनयन दर्ता गर्ने समय दिएको कारण पहिलो दिन जिल्लाका अधिंकांश पालिकामा ठुला दलहरुले मनोनयन दर्ता नगराएको पाईएको छ । जिल्लामा रहेको नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एमाले, नेकपा समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टी र राप्रपा पार्टीको तर्फबाट कुनै पनि पालिकामा उम्मेदवारी दर्ता हुन नसकेको हो । पार्टीका स्रोतका अनुसार ती पार्टीमा उम्मेदवार चयन गर्ने प्रक्रियामा आन्तरिक समस्या भएको कारण आज उम्मेदवारी दर्ता गराउन नसकेको हो ।
अब ती पार्टीहरुले भोली विहान १० बजेदेखि वेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने तयारी रहेको नेकपा एमालेका गौशाला नगरअध्यक्ष अजय कुशवाहाले बताएका छन् ।
मनोनयन दर्तास्थल सुरक्षित छन्
जिल्लाका हरेक पालिकामा स्थापना भएको मनोनयन दर्ता स्थल हरेक तवरले सुरक्षित रहेको छ । ती स्थानमा आवश्यक मात्रामा सुरक्षा संयन्त्र परिचालन गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।
डिएसपी विष्टले भने, ‘हरेक नेपाली नागरिकले स्वतन्त्रपूर्वक उम्मेदवारी दर्ता गराउन सक्नुहुनेछ । कुनै किसिमको अप्ठयारो परिस्थिती भए नजिककै प्रहरीसँग सहयोग लिन सकिनेछ । कार्यक्रमस्थलमा म्यादी, जनपद, सशस्त्र लगायतले आवश्यक परेको खण्डमा नागरिकलाई सहज रुपमा सेवा प्रदान गरिएको छ ।’
महोत्तरीमा निर्वाचन आयोगको आचारसंहिता पुर्ण रुपमा पालना हुनेमा प्रमु्ख जिल्ला अधिकारी वासुदेव दाहालले दावी गरेका छन् । उनले भने, ‘यसका लागि विभिन्न सरोकारवाला निकायको संयन्त्र संचालित रहेका छन् । प्रमुख निर्वाचन अधिकृत लगायत निर्वाचन अधिकृतको संयोजनमा गठित संयन्त्र समितिले यसको निगरानी गरिनेछ । महोत्तरीका जनता ढुक्क भएर मनोनयन दर्ता गराउन सकिनेछ ।’
क्याप्शन
गौशालास्थित मनोनयन दर्तास्थलमा उम्मेदवार दर्ता गराउँदै । तस्वीर धनवीर अन्नपूर्णपोष्ट
प्रतिक्रिया