Saturday 5th of October 2024

७ करोड ठगेर फरार भएका जयसवाल पक्राउ

0 Shares

काठमाडौं ः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ७ करोड ठगी गरेर फरार रहेका व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

गत पुस २ गते उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको रौतहट देवाही गोनाही नगरपालिका(३ का काठमाडौं नयाँ बानेश्वर बस्ने ४३ वर्षका मृत्युञ्जय जयसवाल पक्राउ परेका हुन्।

उपत्यका अपराध अनुसन्धान टोलीले जयसवाललाई अनामनगरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौं पठाइएको जनाएको छ। प्रहरीका अनुसार उनले विभिन्न ८ जना व्यक्तिहरूलाई प्रलोभनमा पारेर ७ करोड १३ लाख रूपैयाँ ठगी गरेको पाइएको छ।

प्रतिक्रिया