Monday 24th of June 2024

भीषण आगलागीको कारण ५० घर जलेर नष्ट

0 Shares

कैलाली ः कैलालीको कैलारी गाउँपालिका ७ विपतपुर मुक्तकमैया शिविरमा भिषण आगलागी भएको छ । आगलागीबाट ५० घर बढी जलेर नष्ट भएका छन् । शिविरमा ७० भन्दा घरधुरी थिए ।

आगलागी अझै नियन्त्रणमा आइनसकेको रामपुरका भलमन्सा रामलाल चौधरीले जानकारी दिएका छन् । उनकाअनुसार गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको हो ।

टीकापुरबाट गएको दमकल र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । आगालागीमा लत्ता कपडा, अन्न, पशु चौपाया सबै जलेको बताइएको छ ।

प्रतिक्रिया