Thursday 30th of May 2024

राजविराज नगरपालिकाको मेयर पदका लागी लोसपाबाट चौधरीको मनोनयन दर्ता

0 Shares

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट राजविराज नगरपालिकाको मेयरमा लागि दीपेन्द्रकुमार चौधरीले मनोनयन दर्ता गराएका छन् ।

उपमेयरमा निवर्तमान उपमेयर साधना झाले मनोनयन दर्ता गरेकी छिन् ।

यस्तै राजविराजको वडा नम्बर १ मा ई। सतिशचन्द्र झा, २ मा ललितनारायण झा, ३ मा फुर्कन खाँ, ४ मा रामअसिस साह, ५ मा ललन मिश्रा, ६ मा शशी चौधरी, ७ मा विजयकुमार देव, १२ मा अनिल यादव, १३ मा जगनारायण यादव, १४ मा मांगैन मंडल, १५ मा ओमनारायण साहले वडाध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।

८, ९, १०, ११ र १६ मा भोलि मनोनयन गर्ने लोसपा सप्तरीले जनाएको छ ।

 

प्रतिक्रिया