Friday 20th of September 2024

पर्सा ः पार्टीभन्दा स्वतन्त्र उम्मेदवार बढि

0 Shares

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनय दर्ताको पहिलो वीरगन्ज पर्सा जिल्लाभरिमा न्यून उम्मेदवारी दर्ता भएको छ ।

जनप्रतिनिधि निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउने पहिलो दिन वीरगन्ज महानगरमा ७७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा मेयरमा १२ जनाले उम्मेदवारी दर्ता गराउका छन् भने उपमेयरमा पहिलो दिनसम्म उम्मेदवारी दर्ता शुन्य रहेको छ । त्यसैगरि वडाध्यक्षमा २० जना, दलित महिला सदस्मा ६ जना, महिला सदस्यमा १० जना तथा खुल्ला सदस्यमा २९ जना जना मनोनयन दर्ता गराएको वीरगन्ज महानगर निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए ।

यसैगरि बहुदरमाई नगरपालिकामा मनोनयन दर्ताको पहिलो दिन ३ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उक्त पालिकामा कुनै दलबाट नभई स्वतन्त्रमा ३ जनाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं उपरजिष्टार कैलाश प्रसाद भट्टराईले जानकारी दिए । यसरी नै पर्सागढी नगरपालिकामा एक जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनको लागि पालिकाको वडा नं। ४ को वडाध्यक्षमा १ जना स्वतन्त्र व्यक्तिले मात्रै उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत एवं उपरजिष्टार केशव प्रसाद पौडेलले जानकारी दिए ।
पोखरीया नगरपालिकामा ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा ३ जना उम्मेदवारी दर्ता गराएका छन्, जसमा २ जना पार्टीबाट र १ जना स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा स्वतन्त्र १ जना पार्टीबाट १ जना गरि २ जना उम्मेवारी दर्ता गराएका छन् । यसरी नै वडाध्यक्षमा ७ जना उम्मेवदारी दर्ता गराएका छन्, जुन सबै सुशासन पार्टीका उम्मेदवारहरु छन् भने वडा नं। ९ मा २ जना सदस्यमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिवक्ता पद्म बहादुर कार्कीले जानकारी दिए ।

छिपहरमाई गाउँपालिकामा उम्मेदवारी दर्ता शुन्य रह्यो । विहान १० बजेदेखि साँझ ५ बजेसम्म कर्मचारीहरुले उम्मेदवारी दर्ता गर्नका लागि बसेपनि कुनै दल वा स्ततन्त्र तर्फ कसैले पनि उम्मेदवारी दर्ता गराउन नआएको निर्वाचन अधिकृत एवं इजलाश अधिकृत मुकुन्द निरौलाले जानकारी दिए । यसरी नै धोबिनी गाउँपालिकामा ४ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन्, जसमा सबैजना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा उपाध्यक्षमा १ जना, वडाध्यक्षमा १ जना तथा वडा सदस्यमा २ जना गरि ४ जनाले मात्रै उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं उपन्यायधिवक्ता कैलाश दहालले जानकारी दिए ।

त्यसैगरि जिराभवानी गाउँपालिकामा ९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । जसमा गाउँपालिकाको प्रमुख, उपप्रमुख लगायतका पदमा कसैले उम्मेदवारी दर्ता गराएका छैनन् भने वडाध्यक्षमा २ जना तथा वडासदस्य ७ जना गरि ९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं उपसचिव झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार वडा नं। १ मा वडाध्यक्षमा १ जना तथा वडासदस्यमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने वडा नं। ३ मा वडाध्यक्ष १ जना तथा वडासदस्य ३ जनाले उम्मेदवारी दर्ता गराएको बताए ।

यसैगरि ठोरी गाउँपालिकामा १ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । पालिकामा अध्यक्ष पदको लागि पार्टीबाट अध्यक्षमा पदमा १ जनाको उम्मेदवारी मात्रै दर्ता भएको निर्वाचन अधिकृत एवं निर्देशक शिवराज न्यौपानेले जानकारी दिए ।

विन्दवासिनी गाउँपालिकामा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा १ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्षमा ५ जना तथा वडासदस्यसमा २० जना गरि २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसमा २७ जना एउटै पार्टी ९लोकतान्त्रिक समाजवादी पार्टी० का छन् भने १ जना उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं श्रेस्तेदार अरुण कुमार कोइरालाले जानकारी दिए ।

त्यसैगरि जगरनाथपुर गाउँपालिकामा ५० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा मेयरमा ३ जना, उपमेयर ३ जना, वडाध्यक्षमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यमा ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ४ जना सदस्य पदमा स्वतन्त्र उम्मेदवार छन् भने बाँकी सबै जनमत पार्टी र जसपा पार्टीका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं रजिष्टार चिन्तामणी शर्माले जानकारी दिए ।

यसैगरि कालिकामाई गाउँपालिकामा २५ जनासम्मको उम्मेदवारी दर्ता भइसकेको छ भने बाँकीको दर्ता भइरहेको निर्वाचन अधिकृत एवं उपन्यायधिवक्ता प्रकाश कोइरालाले जानकारी दिए । त्यसैगरि पकहामैनपुर गाउँपालिकामा पनि उम्मेदवारी दर्ता कार्य चलि रहेको निर्वाचन अधिकृत एवं उपसचिव कृष्ण प्रसाद देवकोटाले जानकारी दिए ।

यसरी उम्मेदवारी दर्ताको पहिलो दिन पार्टीका उम्मेदवार भन्दा पनि स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएको देखिन्छ । सत्ताधारी पार्टी नेपाली काँग्रेस, विपक्षी पार्टी नेकपा एमाले पार्टीको उम्मेदवारी दर्ता अवस्था शुन्य रहेको छ भने समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका पार्टीका उम्मेदवारी अवस्था न्यून रहेको छ ।

प्रतिक्रिया