Monday 24th of June 2024

धनुषा ः क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा सुखदेव यादव र उपमेयर पदमा सालिनी चौधरीलाई टिकट

0 Shares

धनुषाः धनुषा क्षिरेश्वरनाथ नगरपालिकाबाट नेकपा एमालेबाट मेयर पद र उपमेयर पदको उमेदवारी दिनको नाम फाइनल भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका नेकपा एमालेका नगर अध्यक्ष महेन्द्र यादवका अनुसार नेकपा एमालेबाट नगर प्रमुख पदमा नेकपा एमाले प्रदेश कमिटि सदस्य सुखदेव यादव र उपप्रमुख पदमा नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका उपाध्यक्ष अनिल कुमार चौधरीको पत्नी सालिनी चौधरीलाई उमेदवारी दर्ता गराउने फाइनल भएको बताउनु भयो ।

स्थानिय तहमा आउने बैशाख ३० गते हुनगइरहेको स्थानिय तहको निवार्चनको लागी लामो प्रयास पछि सर्वसहमत रुपमा नेकपा एमालेबाट नगर प्रमुखमा सुखदेव यादव र उप प्रमुखमा सालिनी चौधरीलाई उमेदवार बनाउने पक्का भएको छ र वडाअध्यक्ष र सदस्यहरुको नाम सोमवार विहान सम्म फाइनल हुने नगर अध्यक्ष यादवले जनकारी दिए । साथै आउने चुनावमा धनुषा क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेको सरकार बन्ने दावी गर्नुभयो ।

प्रतिक्रिया