मनोनयन दर्ता अगावै राजीनामा फिर्ता

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरमा लड्ने भन्दै राजीनामा दिएका एक मन्त्रीले टिकट नपाएपछि अन्ततः राजीनामापत्र फिर्ता लिएका छन् ।

मधेश प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवले सिरहा नगरपालिकाको मेयरमा लड्ने भन्दै शुक्रबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर नेकपा एकीकृत समाजवादीलाई मेयर पद नदिने सत्ता गठबन्धनको निर्णयपछि उनले राजीनामा फिर्ता लिएका छन् । मेयरको टिकट नपाएपछि मन्त्री र प्रदेश सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको नेता यादवले बताए । उनले राजीनामाका लागि शुक्रबार दिउँसो प्रदेशसभा सचिवालयमा निवेदन दिए पनि दर्ता नभएकोले आइतबार बिहान राजीनामा फिर्ता लिन सहज भएको बताए । यादवले दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता गर्न बाँकी रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले बताए । दर्ता हुन बाँकी भएकै कारणले राजीनामा फिर्ता लिन सहज भएको उनले प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार