राजविराज । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबारदेखि मनोनयनपत्र दर्ता सुरु भएको छ ।
मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले सोमबारसम्मको समय निर्धारण गरेको छ । आइतबार पहिलो दिन विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार हरुले मनोनयनपत्र दर्ता गराएका छन् । सप्तरी सदुरमुकाम राजविराज नगरपालिका क्षेत्रबाट मात्रै विभिन्न दल र स्वतन्त्रका गरी तीन दर्जन भन्दा बढीले उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । जिल्लाका अन्य पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट सबै तथ्यांक आइनसकेकाले संख्या अझै थपिने मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । आइतबार लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा केही स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल ९जसपा०, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, तमलोपा लगायत पार्टीका उम्मेदवारले सोमबार मात्र उम्मेदवारी दर्ता गराउने भएकाले सो संख्या चार गुणा बढी पुग्ने अनुमान गरिएको छ ।
९ वटा गाउंपालिका र ९ नगरपालिका गरी १८ स्थानीय तहमा उत्साहपूर्वक मनोनयन भएको मुख्य निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए । बिहान १० बजे देखि साँझ ५ बजे सम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ । ४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेका स्थानीयतहको निर्वाचनका लागि जिल्लामा ५ सय ३६ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले साईत जुराएर उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । राजविराज स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पण्डितको सल्लाह अनुसार आइतबार बिहान दश बजे राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजविराज नगरपालिकाको प्रमुख र उप प्रमुखका उम्मेदवार क्रमशःउमेश प्रसाद साह र सरिता झाले उम्मेदवारी दर्ता गराएका हुन् । उक्त समयलाई शुभ साइत मान्दै पण्डितको सल्लाह अनुसार आपूmहरुले उम्मेदवारी मनोनयपत्र दर्ता गराएको नगर प्रमुख पदका लागि उम्मेदवारी दिएको साहले बताए । जिल्लामै सबभन्दा पहिले उम्मेदवार छनोट गरी नामावली सार्वजनिक गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनेमा पनि पहिलो पार्टी बनेको छ । यस्तै आइतबार नै लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट नगर प्रमुख पदमा दीपेन्द्र चौधरी तथा उप प्रमुख पदमा साधना झाले उम्मेदवारी दर्ता गराएकी छिन् ।
जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, सिके राउत नेतृत्वको जनमत पार्टी, तमलोपा, जनता प्रगतिशील पार्टी लगायतले पनि उम्मेदवारको टुंगो लगाएको छ । यद्यपि ती दलका उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराउने तय भएको जनाएको छ । जसपाले नगर प्रमुख पदमा भिमराज यादव तथा उप प्रमुखमा ईश्वर प्रवीणलाई उम्मेदवार बनाएको छ । कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, जनमत लगायतका पार्टीले उम्मेदवारको नाम अझै सार्वजनिक नगरे पनि उम्मेदवारको टुंगो लागि सकेको तथा सोमबार उम्मेदवारी मनोनयनपत्र दर्ता गराउने तयारी गरिएको जनाएको छ ।