काँकडभिट्टा — पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कांग्रेस–माओवादीले राप्रपासँग तालमेल गर्ने आइतबार सहमति गरेका छन् । एमाले भने एक्लै चुनावी मैदानमा होमिएको छ । जनाधार कमजोर रहेको एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको छ ।
कांग्रेस–माओवादी र राप्रपाबीचको लामो संवादपछि भएको सहमतिअनुसार राप्रपाका पुराना नेता तथा पूर्वनगरप्रमुख राम थापालाई प्रमुखमा उम्मेदवार बनाउने र दुई वडा ९१ र ७० मा वडाध्यक्ष दिने, उपप्रमुखसहित ४ वडा ९२, ६, ८ र ९० मा वडाध्यक्ष कांग्रेसलाई दिने र ४ वडा ९३,४, ५ र १०० माओवादी केन्द्रलाई दिने सहमति भएको नेपाली कांग्रेसका नेता प्रकाश प्रसाईंले जनाए । उनले भने,‘कार्यपालिका सदस्यहरुसमेत तीनै दलले बाँडेर जाने सहमति भएको छ ।’
माओवादी नगर अध्यक्ष रवि बस्नेतले प्रदेश र संघीय चुनावसम्मै यो गठबन्धन रहने पनि तीन दलबीच लिखित सम्झौता भएको जनाए । नगरको चुनावी रणनीतिबारे तीव्र चासोका बीच एमालेले प्रमुखमा गीता अधिकारी उम्मेदवार बनाएको छ । उनी अघिल्लो कार्यकालमा उपप्रमुख थिइन् । अध्यापन छाडेर राजनीतिमा आएकी अधिकारी कार्यकुशलताका दृष्टिले अब्बल मानिन्छिन् । उपप्रमुखमा अम्विका खनाल उम्मेदवार बन्दैछन् ।
एमाले नगरको आन्तरिक निर्वाचनबाटै नचुनिएपछि ओलीका नातेदार तथा वहालवाला प्रमुख रोमनाथ ओली प्रमुखको दौडबाट बाहिरिएका थिए । एमालेको आन्तरिक निर्वाचनमा अधिकारीसहित होमबहादुर थापा र अम्बिका खनालको नाम प्रमुखका लागि सिफारिस भएको थियो । उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा जिल्ला कमिटीले केन्द्रीय अध्यक्ष ओलीलाई सुम्पिएको थियो । सोही बमोजिम शनिबार अधिकारीलाई प्रमुखको उम्मेदवार बनाउने निर्णय भएको हो ।
दमकमा अधिकारीसहित एमालेले यसपटक तीन पालिकामा महिलालाई प्रमुखरअध्यक्षको उम्मेदवार बनाएको छ । विर्तामोडमा पवित्रा महतरा र बुद्धशान्तिमा मीरा भूर्तेल प्रमुख पदमा उठ्दैछन्। अघिल्लो पटक कमल गाउँपालिकामा मेनुका पाठकलाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।
कांग्रेस र माओवादीले राप्रपासँग तालमेल गरेपछि एमाले सशंकित बनेको हो । तालमेलपछि एमालेलाई सहजै पराजित गर्न सकिने दाबी मिलेका दलहरुको छ । माओवादी, कांग्रेस र राप्रपाले तालमेल गर्नुअघि एमाले आफैले राप्रपासँग तालमेल गर्ने प्रयत्न गरेको थियो । तर, राप्रपालाई उपप्रमुख र केही वडामा अध्यक्ष दिने एमालेको प्रस्तावलाई राप्रपाले नकारेपछि वार्ता असफल भएको थियो । ‘विशाल जनलहर भएको दमकमा एमालेले राप्रपालाई विभाजित गर्न ललिपप देखाएको थियो,’राप्रपाका एक नेताले भने,‘तर, हामी सजग भयौ, विभाजन हुन दिएनौं ।’
राप्रपालाई विभाजन गर्न सक्दा मात्रै ढुक्कले जित्न सक्ने मनोविज्ञान एमालेमा थियो । राप्रपाको कांग्रेस र माओवादीसँग तालमेलपछि एमालेले मुख्य पदमा जित्ने सम्भावना अब अन्त्य भएको दाबी माओवादीका एक नेताको छ । ओलीको नगर भएकाले एकीकृत समाजवादीको उपस्थिति भने कमजोर छ । माओवादीले ‘डोमिनेट’ गरेको भन्दै गठबन्धनबाट समाजवादी बाहिरिएको छ । उसले लिम्बुवान र लोकतान्त्रिक समाजवादी ९लोसपा० सँग तालमेल गर्ने जनाएको छ । समाजवादीका दमक नगर सचिव अनिल देव राईका अनुसार प्रमुखमा इन्द्र बुढाथोकी र उपप्रमुखमा विष्णुमाया काङमाङलाई उम्मेदवार वनाउने टुंगो लागिसकेको छ । ‘दमकका २ र ५ नम्बर वडाहरुमा लिम्बुवान र लोसपासँग तालमेल हुन्छ,’ नगर सचिव राईले भने ।
लिङ्देनको क्षेत्रमा कांग्रेस–एमाले एक
एमालेविरुद्ध देशैभर पाँच दलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा ओर्लिरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने कचनकवल गाउँपालिकामा भने एमाले र कांग्रेसले राप्रपाविरुद्ध तालमेल गरेका छन् । पटक–पटकको वार्ता र संवादपछि राप्रपाविरुद्ध एमालेसँग मिलेर जाने सहमति जुटेको कांग्रेस कचनकवलका गाउँ सभापति तुलाराम अधिकारीले जानकारी दिए । रापप्राको बलियो पकड रहेको यो पालिकामा यी दुई दलले गठबन्धन गरे राप्रपा पराजित हुने निश्चित छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडाध्यक्ष र सदस्य जितेको थियो । यसपटक पनि जित दोहोऱ्याउने मनस्थितिमा रहेको राप्रपाविरुद्ध केन्द्रमै एमाले–कांग्रेसबीच गठजोडका लागि सहमति भएको श्रोतको दाबी छ ।
अध्यक्षमा कांग्रेसका कालेन्द्रसिंह राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उम्मेदवार बन्दैछन् । राजवंशी २०७४ को चुनावमा राप्रपाका अञ्जार आलमसँग पराजित भएका थिए । राप्रपाले आलम र उपाध्यक्ष निमसरी राजबंशीलाई पुनस् दोहोऱ्याउने निर्णय गरेको छ । नेपालकै होचो भूभाग कचनकवलमा मुस्लिम र आदिवासी समुदायको बाहुल्यता छ ।