Monday 24th of June 2024

धनुषाको बटेश्वर गाउँपालिकामा नेकपा एमालेबाट श्याम महतोले पाए टिकट

0 Shares

धनुषाको बटेश्वर गाउँपालिकामा नेकपा एमालेबाट श्याम महतोलाइ प्रमुख पदको टिकट पाएका छन् ।

निवर्तमान गाउँपालिका डम्बर बहादुर राउत क्षेत्रीलाई ब्याक गरेर महतोलाई एमालेले टिकट दिएको हो ।

क्षेत्री फेरि चुनाव लड्न गत शुक्रबार पदबाट राजीनामा दिएका थिए । पालिका अध्यक्ष उम्मेदवारको लागि एमाले बटेश्वर गाउँसमितिले ९ जनाको नाम सिफारिस भएको थियो ।

सुरुमै उनले छलेर बैठक डाकी एकल नाम सिफारिस गराएका थिए । सो कारण एमाले भित्र तित्र विवाद उत्पन्न भएपछि पालिका कमिटी पुनः बैठक बसबेर क्षेत्रीसहित ९ जनाको नाम सिफारिस गरेको थियो ।

घुस काण्डमा परेको तथा छुद्र स्वभाव व्यवहारले कलंकित क्षेत्रीलाई पालिका अध्यक्षको पुनः टिकट नदिन एमालेमा व्यापक दबाब बढेको थियो ।

 

प्रतिक्रिया