Thursday 6th of February 2025

काँग्रेसका असन्तुष्ट साहले दिए जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवारी

0 Shares

गौशाला । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट असन्तुष्ट रहेका मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस्तै असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोज साहले काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको भागबण्डामा जनकपुरधामको प्रमुख जसपालाई परेपछि उनले काँग्रेस जनकपुरधामका नगरसभापतिबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मनोजका प्रस्तावक नन्दलाल साह र समर्थक रामप्रसाद पजियार रहेका छन् । रातोपाटी

प्रतिक्रिया