नेकपा माओवादीकोगौशालाको मेयरपदमा विष्णुको नाम शिफारिस ।।

गौशाला नगरपालिकाको मेयर पदको लागि नेकपा माओबादीको तर्फबाट विष्णु लामाको नाम शिफारिस भएको छ । नेकपा माओवादी पार्टीले अन्तिम समयमा आएर गौशाला नगरपालिकाको मेयर र उपमेयरको नाम शिफारिस गरिएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहका अनुसार पार्टीले मेयर पदको नाममा विष्णु लामा र उपमेयरका लागि जनकदुलारी साहको नाम सर्वसम्मत रुपमा शिफारिस गरिएको हो ।
गौशाला नगरपालिकामा अहिले केहीवेरमै मनोनयन दर्ता गराउने तयारी अन्तिम अवस्थामा रहेको मन्त्री साहले जानकारी दिए । त्यस्तै वर्दिवास नगरपालिकाको लागि मेयर पदमा राजु खडकाको नाम शिफारिस भएको छ भने उपमेयरको नाममा अझ निष्कर्ष हुन नसकेको मन्त्री साहले बताए । केही वेरमै उपमेयरको नामको घोषणा गर्ने मन्त्री साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार