Tuesday 14th of January 2025

गौशाला नगरपालिकाका एमाले पार्टीका मेयर पदको उम्मेदवार उपर हातपात ।।

0 Shares

महोत्तरी : गौशाला नगरपालिकाको एमाले पार्टीबाट मेयर पदको उम्मेदवार अजय कुशवाहा उपर हातपात गरिएको छ । सोमबार गौशाला नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न आएको समयमा हातपात गरिएको हो ।
सोही पार्टीका देवेन्द्र महासेठले कुशवाहा उपर हातपात गरिएको हो । महासेठले वावु रामऔतार महासेठको लागि टिकट माग गरेको र सो नदिदा आफुमाथि हातपात गरिएको कुशवाहाले बताए । कुशवाहाले भने, ‘आफुलाई पार्टीले टिकट दिएको निहुँमा यहाँका नेता कार्यकर्ताहरु विहानैदेखि तनाव दिदै आएको थियो । उनीहरु दिनभरि नै मानसिक रुपमा दवाव दिएको र पछि निर्वाचन अधिकृतको कार्यालयमा आउँदा उनीहरु आफुलाई घेरेर हातपात गरिएको हो ।’
उनलाई निर्वाचन आयोगबाट खटिएको कर्मचारी र सुरक्षाकर्मीले घेरा हालेर सुरक्षित स्थलतर्फ लगिएको हो । अहिले नेकपा एमालेका पदाधिकारीहरु मनोनयन दर्ता गराउदैछन् ।

 

प्रतिक्रिया