
महोत्तरी : नेकपा माओबादी केन्द्रले गौशाला नगरपालिकामा काखापाखा गरेको भन्दै तीन जना नेता कार्यकर्ताहरुले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् । यसरी स्वतन्त्र रुपमा गौशाला नगरपालिकाको वडाअध्यक्षमा मनोनयन दर्ता गराउनेमा गौशाला नगरपालिका १ का राधेश्याम सापकोटा, वडा नं. २ मा मन्जय कुमार सिंह र वडा नं. १२ का लागि ललितकुमार सिंहले उम्मेदवारी दर्ता गराएका हुन ।
उनीहरुले माओबादी पार्टीलाई परित्याग गरि स्वतन्त्र रुपमा पार्टी परित्याग गरिएको हो । पार्टीमा आफुहरुले लामो समयदेखि योगदान गरेतापनि पार्टीले हामीलाई कुनै ध्यान नदिएपछि आफुहरु वाध्य भएपछि पार्टी परित्याग गर्नुपरेको उनीहरुको भनाई रहेको छ । हरेक पार्टीमा यस्तो परिपाटी कायम रहेकोले आफुहरु कुनै पनि पार्टीमा नलागि स्वतन्त्र रुपमा मनोनयन दर्ता गरिएको पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया