Friday 11th of October 2024

मटिहानी नगरपालिकामा निर्वतमान मेयर मण्डलले गरे मनोनयन पत्र दर्ता

0 Shares

महोत्तरीः महोत्तरीको मटिहानी नगरपालिकाको निर्वतमान मेयर हरि प्रसाद मण्डल पुन मेयर पदका लागि मनोनयन पत्र दर्ता गराएको छ ।सोमबार लोकतान्त्रिक समाजवादी पार्टि (लोसपा) नेपाल बाट मेयर पदकालागि मटिहानी नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गराएका हुन ।उनी यस अघि तात्कालिन राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालबाट २०७४ को स्थानिय चुनावमा विजयी भएका थिए ।

निर्वतमान मेयर मण्डल २०७४ को चुनावमा आफना निकटतम प्रतिद्वन्दी संग झण्डै दोब्बर मतले विजयी भएका थिए ।नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको तिन कार्यकाल नेतृत्व सम्हालेका मण्डललको व्यक्तित्व र उनको काम गर्ने आचरण मटिहानीपालीकाका जनतालाई मन परेकोले उनलाई त्यहाँका जनताले आफना जनमत दिएर विजयी गराएका थिए ।
भर्खर गठन भएको मटिहानी नगरपालिकाका जनताले एउटा राम्रो समाज वुझेका नेतृत्व खोजिमा रहेको अवस्थामा पालिको कमान राम्ररी सम्हालने मण्डलमा क्षमता देखेर त्यहाँका जनताले उनलाई विजयी बनाएका थिए ।उनी पत्रकारिता क्षेत्रमा रहँदा उनको शालिनताले नै जुन सुकै पार्टीका मनजित्न सफल रहँदै आएइका थिए ।

त्यहि भएर पत्रकारितामा रहुँन्ज उनी कुनै दलको नभएर सवैका साझा पत्रकार बनेर आफनो कार्यकौशलतालाई निर्भिकता साथ निर्वहन गरेका थिए ।“पत्रकारिता क्षेत्रमै रहँदा गरेको कामको फलस्वरुप नै पहिलो पटक मैले मटिहान नगरपालिकाको जनताको मन जित्न सफल भए । ” निर्वतमान मेयर मण्डलले भने “ मैले पाँच वर्षिय अवधिमा जनताकै ईच्छा आंकाक्षा स्वरुप काम गरेकोले फेरि पनि त्यहि जनताले मलाई आफनो जनमत दिने विश्वासका साथ चुनावमा होमिएको छुँ । ”मैले जनताको विश्वासमा भरग्दुर खडा उत्रने प्रयास गरेको छुँ । निर्वतमान मेयर मण्डलले थपे “मैले जनताका लागि कति गर्न सके त्यसको मुल्यांन यहि चुनावले आउने छ , मैले राम्रो ग¥या छु भने जनताले पनि मलाई नै निर्वाचित गर्न आफनो मत हाल्नु हुनेछ ।

”विरोधीहरुले चुनावका मुखमा आएर विभिन्न प्रोपगाण्डाहरु चौतफीरुपमा फैलाएर समाजिक संजालमा वदनाम गर्ने प्रयासमा लागेको छ । तर म त्यसबाट रतभर पनि विचलित भएको छैन । म आफनो तमा पालिका वासीलाई त्यसस्ता प्रोपगाण्डाको पछाडी नलाग्न आग्रह समेत गर्न चाहेको निर्वतमान मेयर मण्डलले स्पष्ट पार्दै भने “अव हाम्रो भन्दा पनि राम्रो चयन गर्ने अधिकार पालिकाको वासीको हात्तमा छ । ”
मटिहानी पालिकावासीको विश्वासका साथै लोसपा पार्टीले पनि निर्वतमान मेयर मण्डलले पदमा रहँदा सवैको मनजित्ने काम गरेकोले उनलाई नै फेरि दोहरयाएर टिकट दिइएको लोसपा मटिहानी नगर अध्यक्ष श्याम मण्डलले बताएको छ ।“ नर्वतमान मेयर मण्डलले गरेको उल्लेखनिय कामहरु कै कारण मटिहानी नगपालिका विकासको मामिला अगाडी रहेको सर्वत्र चर्चा छ । ”लोसपा नगर अध्यक्ष श्याम मण्डलले भने “ मटिहानी पहिल्यै देखि ऐतिहासिक र पौराणीक महत्व वोकेको र धार्मिकरुपले पनि सवल छदै थियो , तर ती पौराणीकतालाई मेयर मण्डलले उजागर गरेर सर्वत्र चर्चामा ल्याइदिने काम गरेको छ ।

”मटिहानीसंग सबै वैभव र सिङ्गो ईतिहास थियो’, राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडे्लले भने ‘तर, ती सबै गुमनाम जस्तै थियो । गर्भिलो ईतिहास, कमजोर वर्तमान र आशाले भरिएको भविष्य बोहेक केही जीवित थिएन ।’ बिग्रेको, भत्केको अनि संरक्षणको मुख ताक्दै गरेको अवस्थामा पाँच वर्षअघिसम्म मठमन्दिहरु देखिन्थ्यो ।तर, अहिले स्थानीय सरकारले मठमन्दिर, पाठीपौवा, धर्मशालाको जीर्णोउद्दार तथा नयाँ निर्माण गरेसंगै मटिहानीको सौन्दर्य उज्यालिएको प्रधानाध्यापक पौडेल सुनाउँने गर्नु हुन्छ । ।

पछिल्लो पाँच वर्षमा मटिहानीको मठमन्दिर, बाटोघाटो, शैक्षिक संस्था, स्वास्थ्य तथा समग्र भौतिक पूर्वधारले जगमगाउँन थालेकोले स्थानियहरु दंग छन र उनीहरु फेरि पनि दोहरयाएर तीन व्ययिक्तलाई दोहरयाउने पक्षमा रहेको स्थानिय वासिन्दा स्वमं नै बताउँछन ।

मटिहानी नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनय पत्र दर्ता गराउनु हुँदै निर्वतमान मेयर हरि प्रसाद मण्डल ।

 

प्रतिक्रिया