रौतहटमा ग्यास लिक भएर घरमा आगलागी, ५ लाख बराबरको क्षति

रौतहट – रौतहट जिल्लाको कटहरियामा ग्यास लिक भएर आगलागी हुँदा एकघर जलेर नस्ट भएको छ । कटहरिया २ बडका बडेरवा स्थित राज किशोर साह सोनारको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा चुल्हाई साह, अमरलाल साह लगायत ४ जना सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई महानन्द कुर्मीले बताए। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया