Tuesday 28th of May 2024

धनुषामा काँग्रेसले टिकट नदिएपछि पूर्व एसएसपीले दिए स्वतन्त्र उम्मेदवारी

0 Shares

नेपाली काँग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी गोविन्द कुमार साहले धनुषाको विदेह नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ताको दोस्रो दिन शुभेच्छुकहरुको सहभागितामा निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखि प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले शिक्षा, स्वास्थय, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरु आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

प्रतिक्रिया