Monday 24th of June 2024

मुख्यमन्त्री राउतकी श्रीमती गाउँपालिका उपाध्यक्षमा उम्मेदवार

0 Shares

वीरगञ्ज, वैशाख १३ गते । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदीकी श्रीमतीले गाँउपालिका उपाध्यक्ष पदमा उमेदवारी दर्ता गराएकी छन्। मुख्यमन्त्री राउतकी श्रीमती जलेखा खातुनले पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन्।

उनले सोमबार जनता समाजवादी पार्टीबाट गाँउपालिका उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन्। गाउँपालिका अध्यक्षमा उक्त पार्टीबाट कृष्णमोहन यादवले उमेदवारी दिएका छन्।

मुख्यमन्त्रीकै जोडबलमा खातुनले टिकट पाएको बताइएको छ। गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, लोसपा र पाँच जना स्वतन्त्र गरी १० जनाले उम्मेदवारी दिएका छन्।

०७४ सालको स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीबाटै विस्मिल्लाह खातुन उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

यसपाली उनले टिकट नपाउने भएपछि उनी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया