Monday 24th of June 2024

चाँदीका गरगहनासहित दुई जनालाई प्रहरी नियन्त्रणमा

0 Shares

गौशाला, लहान नगरपालिका–३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट प्रहरीले चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदीका गरगहनासहित आइतबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका–९ बस्ने २७ वर्षीय उमेश बिश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार बिश्वकर्मा रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गर–गहनाहरु फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद चाँदीका गरगहना सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।

प्रतिक्रिया