Friday 12th of July 2024

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा तीन युवकको मृत्यु

0 Shares

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा तीनजना युवकको मृत्यु भएको छ । गएराति क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा दुर्घटना भएको हो ।

भित्री सडक छेउमा रोकिराखेको ना। २ ख ८६२४ नम्बरको ट्रकमा लु। ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार तीन युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–४ का २० बर्षीय सुमित अग्रवाल रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । अन्य दुई युवकको सनाखत हुन नसकेको उनले बताए । उनीहरुको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखेर पहिचान खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जनाए ।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक हरिनारायण राउतलाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया