धनुषामा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु ।।

जनकपुर धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा पार्क गरी राखिएको ट्रकमा मंगलबार बिहान साढे २ बजे मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

राजमार्ग भन्दा झन्डै अढाई किलोमिटर भित्र रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जना युवकको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। बिहान करिब साढे ३ बजे प्रादेशिक अस्पताल जनकपुरमा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए। मृत्यु हुने जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवालको मात्र नाम खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

उनका अनुसार मृतक दुई जनाको अझै सनाखत हुन सकेको छैन।  मोटरसाइकल ठोक्किएको ट्रक र त्यसका चालक हरिनारायण राउतलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

नक्कली मदिरा सहित २ जना पक्राउ ।।

विभिन्न ब्राण्डको नक्कली मदिरा सहित जनकपुरधामबाट दुईजना पक्राउ परेका छन् । सोमबार साँझ करिब साढे ७ बजे प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्रीको नेतृत्वमा खटेको प्रहरी टोलीले जनकपुरधाम–४ स्थित गणेश साहको घरमा रहेको मदिराउत्पादन गर्ने कारखानामा छापा हानी विभिन्न ब्राण्डका नक्कली रक्सीहरु, आन्तरिक राजश्वबिभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हा, ग्यास सिलिण्डर, स्प्रिटकोबोतलहरु, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी, आन्तरिक राजश्वकार्यालयले प्रयोग गरि सकेको स्टिकरको पछाडिको कागज फेला पारेको छ ।

यस्तै नक्कली रक्सी ओसारपसार गर्न ना ४ च ५९४३ नम्बरको पिकअप गाडीमामदिरा लोड गरिएको अवस्थामा पिकअप सहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरीकर्यालय धनुषाले जनाएको छ । यस्तै प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का ४३ वर्षीय गणेशसाह र वडा न. ११ का चन्दन कुमार साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी दिए ।

प्रहरीले पिकअप सहित सिग्नेचर लेखिएको मदिरा ९ कार्टुन, खुल्ला रक्सी १कार्टुन, स्प्रिट ६ कार्टुन, ब्लु डाईमण्ड १ कार्टुन, डार्क फोरेस्ट रक्सी १ कार्टुन, भट्टीचुलो १ थान, ग्यास सिलिण्डर १ थान र भारतिय रकम १३ हजार ३० गरी कुल ३१ लख ७९हजार ६५८ रुपैयाँ बराबरको सामान बरामद गरि आन्तरिक राजश्व कार्यालय जनकपुरधाममापठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार