वालवालिकाहरु पार्टीको झण्डालाई दुरुपयोग गर्दै ।।

महोत्तरी / मनोनयन दर्ता गराउनका लागि कार्यकर्ताहरु व्यस्त रहेको समयमा वालवालिकाहरु पार्टीको झण्डालाई दुरुपयोग गरेको पाईएको छ । सोमबार प्रायः ग्रामिण भेगका वालवालिकाहरु विभिन्न पार्टीका झण्डालाई दुरुपयोग गरिएको हो ।

विभिन्न स्थानमा पार्टी प्रचारको क्रममा झुण्डाएको झण्डलाई उखेलेर उनीहरु खेल सामग्रीको रुपमा प्रयोग गरेको पाईएको छ । पार्टीको झण्डालाई सदुपयोग गर्नका लागि निर्वाचन आयोगले आचारसंहितमै राखिएको भएतापनि प्रशस्त मात्रामा झण्डा झुण्डाएपछि यसको दुरुपयोग हुँदै आएको हो ।

वालवालिकाको हातमा झण्डा पुग्नु नै दुरुपयोगको पहिलो अधार भएको वहुजन एकता समाजवादी पार्टीका केन्द्रिय उपमहासचिव रामप्रकाश मोचीले बताए । झण्डालाई सदुपयोग हुने किसिमको प्रयोगमा ल्याउनुपर्नेमा उनको जोड रहेको छ ।

पार्टीको झण्डालाई सदुपयोग गरेर राख्नुपर्नेमा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । केही दिनमै अनुगमनमा निस्किने टोलीले यस्ता कुरामाथि ध्यान दिनुपर्नेमा निर्वाचन कार्यालय महोत्तरीले जोड दिएका छन् ।

प्रतिक्रिया