अचेल पार्टीको स्थानिय नेतादेखि घृणा लाग्दैछ : नेतृ महतो

महोत्तरी / वलवाकी युवा नेतृ ममता महतोलाई अचेल पार्टीको स्थानिय नेतादेखि घृणा लाग्दै आएको छ । स्थानिय नेताहरुकै यसबर्ष आफुले पाउने उपमेयरको टिकट हातबाट गुमेको दिनदेखि नै आफुलाई उनीहरुमाथि विश्वास नै उठेको नेतृ महतोले बताईन् ।

पार्टीको केन्द्रिय समितिले वलवा नगरपालिकाको उपमेयरको टिकट स्थानिय नेतृत्वकै कारण हातबाट गुमेकोले अब पार्टीबाट विश्वास उठेकी उनले सुनाईन् । राजनितीक शास्त्रमा स्नाकोतर गरेकी नेतृ महतोले भनिन्, ‘पार्टीमा लगाएको योगदान उपल्लो तहका नेतृत्वका कारण गुम्ने अवस्थामा आईपुगेको छ । मैले आफ्नो जीवनकालमा पार्टीको हकमा दिनरात एक गरि खटिएकी छु । मैले अनेकौपटकको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनका लागि हरसम्भव प्रयासरत थिएँ ।’

पूर्व साँसद किरण यादवले खुलेआम च्यालेन्जकै कारण सुअवसर गुमेको उनले गुनासो गरिन् । आफुले पाउने टिकट स्थानिय रामदुलारी ठाकुरलाई किरण यादवले टिकट दिलाएको उनले दुखेसो पोखिन् । उनले भनिन्, ‘पूर्व साँसद यादव र वलवा नगरपालिकाका निवर्तमान मेयर विनोद यादवले सुनियोजित ढंगले प्रस्तुत हुँदा पार्टीमा हैकमवाद कायम हुँदै गएको छ । उनीहरुकै रणनितीको कारण आफ्नो हातमा आएको टिकट अर्कैको हातमा पुगेको हो । किरण दिदीले आफनो नाममा आएको टिकट रामदुलारीलाई दिएर मनोनयन दर्ता गराएको हो ।’

टिकट बाँडने क्रममा लोभलालचमा फसेपछि पछिल्लो समयमा आएर पार्टीको अस्तित्व नै संकटमा रहेको उनले स्पष्ट पारिन् । उनले भनिन् ‘पार्टीको केन्द्रिय समितिले स्थानियतहको निर्वाचनमा वलवा नगरपालिकाको लागि उपमेयरको टिकट दिई पठाएको थियो । जनप्रतिनिधीको टिकट वाँडने अधिकार पार्टीले नेतृ किरण यादवलाई सुम्पेको थियो । तर किरण दिदीले मलाई वारम्बार कुनै पनि हालतमा टिकट नदिने ढिपी कसेका थिए । जसको परिमाणस्वरुप आफुले टिकटबाट बन्चित पारिदिएको छ ।

May be an image of 2 people and people standing

हैकमबादीका कारण पार्टी स्वतन्त्र नभई अहिले कसैको व्यक्तिगत सम्पति झै बन्दै गएको नेतृ महतोले बताईन् । उनले अगाडि थपिन्, ‘उपल्लो नेताहरुको यस्तो क्रियाकलापले नवयुवापिढीहरु अवसरबाट बन्चित हुँदै गएको छ । जसको प्रत्यक्ष पिडित आफु रहेकी छु । म मात्र नभई देशका हजारौ नवयुवा पिढीहरु अवसरबाट बन्चित भएका छन् । चाहे उम्मेदवारीको सवाल होस या त पार्टीको जिम्मेवारी पद नै सहज रुपमा पुस्तान्तरण गर्न सकेको छैन ।

उनीहरु पार्टीको सिद्धान्त विपरीत गएपछि नवयुवापुस्ताहरुको सहज प्रवेशमा रोक लागेको छ । आफ्नो शासन नचल्ने भन्दै उनीहरु डराईरहेका छन् ।’ पार्टीबाट कदापी विचलित नभई पार्टीमै संघर्ष गरेर भएपनि पार्टीलाई मजवुत बनाउने अभियानमा लाग्ने नेतृ महतोले प्रतिवद्धता जाहेर गरेकी छिन् ।

नेतृ महतो कक्षा ८ मा अध्ययन गरेको समयमा वि. सं. २०६४ सालदेखि राजनितीक क्षेत्रमा डेग अजमाएको थियो । एसएलसी दिएपछि वि. सं. २०६६ सालदेखि महतोले सक्रिय रुपमा विद्यार्थी राजनितीक शुरु गरेकी थिईन् । पछि पार्टीले मलाई क्रियाशिल सदस्यको रुपमा जिम्मेवारी सुम्पिएको थियो ।

 ( कुराकानीमा अधारित )

 

प्रतिक्रिया

सम्बन्धित समाचार