Friday 4th of October 2024

मधेश र वाग्मती प्रदेशको ६ वटै पालिकामा दलित महिला केन्द्रको परियोजना संचालनमा ।।

0 Shares

धनवीर महतो

महोत्तरी / सिमान्तकृत दलित महिलालाई सशक्तिकरण र समाजिकतत्व विरुद्धमा आवाज वुलन्द पार्ने उद्देश्यका सँग मधेश प्रदेशको ४ पालिका र वाग्मती प्रदेशको २ पालिकामा दलित महिला केन्द्रको आयोजनामा परियोजना संचालनमा आएको छ ।

विहीबार महोत्तरीको वर्दिवासमा एक कार्यक्रमकाबीच मधेश प्रदेश अन्र्तगत सर्लाहीका ४ पालिका र वाग्मती प्रदेशको काभ्रे जिल्लाको दुई पालिकामा कार्यक्रम शुभाराम्भ भएको घोषणा गरिएको छ । कार्यक्रम सर्लाहीको हरिपुर्वा, वरहथवा, मलंगवा नगरपालिका र व्रम्हपुरी गाँउपालिका तथा काभ्रे जिल्लाको वनेपा नगरपालिका र महाभारत गाँउपालिकामा परियोजना संचालन हुने दलित महिला केन्द्र नेपालको कार्यकारी निर्देशक तेजेन्द्र लामाले जानकारी दिए ।

 निर्देशक लामाका अनुसार परियोजनाले कथाकथन र समाजिक परिचालनको माध्यमबाट आघातबाट सशक्तिकरण प्रर्वद्धन र हानिकारक समाजिक मान्यताबाट परिवर्तनका लागि स्थानिय पालिकाको सहयोगमा कार्यसम्पादन गर्नेछ ।

सपोर्ट नेपालको सहकार्यमा आयोजित सो समारोहकावीच ६ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सचिवहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया