Saturday 12th of October 2024

सुशासन स्थापित गर्नु नै पहिलो कार्य हुने : डा. महतो ।।

0 Shares

धनवीर महतो

गौशाला / नगरभित्र सुशासन स्थापित गर्नु नै आफनो पहिलो कार्य रहेको जनता समाजवादी पार्टीबाट गौशालाको मेयरको उम्मेदवारी दिएका डा. दिपेन्द्र महतोले बताएका छन् । रेडियो रुपान्तरणसँग कु्राकानी गर्दै महतोले सुशासन स्थापित गरि जनमैत्री नगर बनाउनु नै आफनो उम्मेदवारी रहेको महतोको भनाई रहेको छ ।

No photo description available.

महतोले भने, ‘नगरपालिकामा अझ सुशासनको कमी रहेको छ । जसको कारण भ्रष्टाचार र कमिशनको चलखेलजस्ता कार्यहरु तीव्र रुपमा बढदैछ । सिंहदरवारको अधिकार अझ जनताले सुलभ रुपमा उपयोग गर्न सकिएको छैन ।’

स्वस्थ्य समाज निर्माण गर्नका लागि आफु सक्षम रहने बताउँदै महतोले थपे, ‘स्वास्थ्यको हकमा यहाँ धेरै नै अपडेट गर्नुपर्ने आवश्यक छ । आफुसँग एमडीस्तरको अनुभव भएकोले सोही अनुभवको आधारमा सरकारी स्वास्थ्य संस्थालाई विकसित गर्नेछु । स्वास्थ्य संस्थाबाट आमनागरिक प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिन सकिनेछ । उपचार गराउने क्रममा कहि कतै कसैलाई केही कठिनाई हुने छैन । म आफै स्वास्थ्यकर्मी भएकोले यसप्रति म आफै निगरानी गरि विशेष ध्यान दिनेछौ ।’

No photo description available.

शिक्षालयहरुको अवस्था दिनानुदिन खस्किैद गएकोले यसप्रति पनि आफनो अनुभवलाई साक्षी राख्दै कार्ययोजना ल्याएर विज्ञहरुसँग परामर्श गरि नियमित रुपमा कार्ययोजना प्रस्तुत गर्ने डा दिपेन्द्रले बताए । त्यस्तै कृषि, विद्युतीकरण, स्वरोजगार, स्वच्छ खानेपानी, वजारको सौन्दर्यीकरण, सडक लगायतका अत्याधुनिक विकास निर्माणमा चौतर्फी रुपमा आफनो ध्यान केन्द्रित हुने उनको तर्क रहेका छन् ।

May be an image of text that says 'सडघीयता! सुशासन!! !! समृद्धि! !!! समाजवाद !!!! चुनाव चिन्ह छाता छाप VOTE जनता समाजवादी पार्टी, नेपाल मघेश प्रदेश जिल्ला महोतरी, गौशाला नगरपालिका जनता समाजवादी पार्टीका यूवा,कर्मठ, सहासि, त्यागी, शिक्षा, प्रमी, समाजसेवी, विकासवादी मेयर पदका उम्मेदवार डा. दिपेन्द्र महतो लाई छाता छापमा मोहर लगाई भारी बहुमतले विजयी गराओ। f0 fore Иma 4生2 रनित иewaueBBa Heeuait'

गौशाला वजारमा आम नागरिकको हकमा आफुले हरेक तवरले नेतृत्वदायी भ्ुमिका निर्वाह गरि यहाँ चौतर्फी विकास गरि गौशालालाई नमुना पालिकाको रुपमा स्थापित गर्ने डा दिपेन्द्रले प्रतिवद्धता जनाएका छन् ।

चिकित्सक पेशालाई तत्कालको लागि विराम दिदै दिपेन्द्रले गौशालावासी आग्रह अनुसार उनीहरुको सपना पुरा गर्न मेयरको पदमा उम्मेदवारी दिएका हुन ।

(कुराकानीमा अधारित)

 

 

प्रतिक्रिया