सम्सी गाँउपालिकामा निर्वाचन अधिकृतको हेरफेर ।।

महोत्तरी/ सम्सी गाँउपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारीमा हेरफेर गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले एक सुचना जारी गरिएको सुचना अनुसार सम्सी गाँउपालिकाको जिम्मेवारी पाएका दिलीप कुमार प्रधानलाई हटाएर सो स्थानमा विनोद कुमार दाहाललाई खटाईएको छ ।

हेरफेर भएका अधिकृत प्रधानले वरबुझार्थ गरिएपछि दाहालले कार्यभार सम्हाल्ने सो सुचनामा उल्लेख रहेका छन् । अधिकृत प्रधानले नेतृत्व लिएको समयमा सम्सी गाँउपालिकामा विवाद उत्पन्न भएको भन्दै यस्तो कारवाही गरिएको निर्वाचन आयोगले जनाएको छ ।  शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर सम्सी गाउँपालिकामा नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुले टायर बालेर धर्ना दिदै विरोध प्रर्दशन गरेका थिए । घटनापछि निर्वाचन अधिकृत हटाइएको आयोगले जनाएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा सम्सी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष सेष उमैद, वडा नं. २ का वडाध्यक्ष सेष मकसुद र वडा नं. ७ का वडासदस्य दशैं महतो नुनियाको नाम हटाएको भन्दै माओवादीका कार्यकर्ताले विरोध प्रर्दशन गरेका थिए ।

निर्वाचन अधिकृतको कार्यालय सम्सीले भने काुननी आधार र कागजात अपुग भएका कारण नाम हटाएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार