Tuesday 28th of May 2024

मिथिलान्चल कम्प्युटरवाट चोरी भएको समान औरहीवाट वरामद ।।

0 Shares

गौशालास्थित मिथिलान्चल कम्प्युटरवाट चोरी भएको सरसमानहरु औरहीवाट वरामद भएको छ । गत पुस ३० गते चोरी भएको सरसमानहरु अनुसन्धानको क्रममा प्रहरीले औरहीस्थित प्रिन्स स्टुडियो एण्ड मोवाईल सेन्टरवाट फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रंजन मिश्रको अनुसार गोप्य सुचनाको अधारमा खानतलासी गर्दा चोरी भएको समानहरु फेला परेको हो । सो समानहरुको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी निरिक्षक मिश्रले जानकारी दिए । पसल संचालक औरहीका दिनेश साह अहिले प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

गत पुस ३० गते रातिको समयमा मिथिलान्चल कम्प्युटरवाट नगद सहित २५ लाख मूल्य वरावरको सरसमान चोरी भएको थियो

प्रतिक्रिया